लिफ्टबाट खसेर एकजनाको मृत्यु

कालिकोट । बन्दै गरेको घरमा सर्वे गरिरहेको अवस्थामा लिफ्टबाट खस्दा पोखरामा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले वडा प्रहरी कार्यालय बैदामलाई उल्लेख गर्दै आज दिउँसो एक बजेको समयमा घटना भएको बताएका छन् ।मृत्यु हुनेमा कास्कीकै पोखरा महानगरपालिका–८ रत्न चोक बस्ने ३७ वर्षीय प्रवीण भट्टराई रहेका छन्। उनी पोखराकै न्युरोडमा रहेको मुक्ति ईनर्जी प्रा.लि.का इन्जिनियर रहेका छन् ।पोखरा महानगरपालिका–६ खहरे चोकस्थित चिनीमाया भण्डारीको बन्दै गरेको निर्माणाधीन घरको तातो पानीको सर्वे गर्ने क्रममा भट्टराई ५ औँ तलाको लिफ्टबाट अचानक खसेका थिए।