केपी ओली सर्वाधिक प्रतिभाशाली नेता ।पूर्वराष्ट्रपति भण्डारी

कालिकोट । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा ९एमाले०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेपाली राजनीतिका सर्वाधिक प्रतिभाशाली नेता भएको बताएकी छन्।​मंगलवार काठमाडौँमा आयोजित ‘संसद्‌मा केपी शर्मा ओली’ नामक पुस्तक लोकार्पण गर्दै उनले ओली सबैका लागि सदैव प्रेरणा र ज्ञानको स्रोतको रूपमा रहन सक्ने नेता भएको समेत बताइन्। पूर्वराष्ट्रपति भण्डारीले संसद्‌मा गरेका भाषण पनि राजनीतिक हिसावले मात्रै नभएर बहुविधागत ज्ञानका दृष्टिकोणले समेत महत्त्वपूर्ण रहेको उल्लेख गर्दै त्यो संकलनीय र संग्रहणीय रहेको पनि बताइन्।भण्डारीले भनिन्, ‘पुस्तकका नायक श्री केपी शर्मा ओलीज्यु समकालीन राजनीतिक नेताहरूमा सर्वाधिक प्रतिभाशाली नेताको रूपमा उच्च स्थान प्राप्त गर्न सफल व्यक्तित्व हुनुहुन्छ। उहाँ राजनीति, कला, साहित्य, संस्कृति एवं धर्मदर्शन र विज्ञान लगायतका विषमा समेत गहन ज्ञान भएको नेता हुनुहुन्छ। सघन अध्ययन र संघर्षमय जीवनको लामो अनुभवले खारिनुभएका नेता ओली हाम्रा लागि सदैव प्रेरणा र ज्ञानको स्रोत हुनुहुन्छ। ओलीले संसद्‌मा गर्नुभएका भाषण पनि राजनीतिक हिसाबले मात्रै नभएर बहुविधागत ज्ञानका दृष्टिकोणले समेत महत्वपूर्ण छन्।’उनले उक्त पुस्तकले नेपाली संसद्को इतिहास, नेपालको तत्कालीन राजनीतिक अवस्था र परिवर्तनका सम्बन्धमा नेकपा एमालेले खेलेको भूमिका समेत उजागर गरेको बताइन्। पूर्वराष्ट्रपति भण्डारीले सो पुस्तकलाई आम नेपालीको साझा सम्पत्तिको रूपमा रहेको भन्दै त्यसले भावी पुस्ताका लागि विगत नियाल्ने आँखीझ्याल र इतिहास अध्ययनका लागि उपयोगी स्रोत सामग्री बन्नसक्ने दावी गरिन्।भण्डारीले भनिन्, ‘सार्वजनिक भाषणको दस्तावेजीकरणले राजनीतिक नेताहरूलाई आफूले जनताको सामु गरेका वाचाका लागि जवाफदेही बनाउन सहयोग गर्दछ भने अर्कोतर्फ आफ्नो विचार, दृष्टिकोण एवं पहललाई जनतासमक्ष पुर्‍याउन सञ्चार पुलको काम समेत गर्न सक्छ।’पूर्वराष्ट्रपति भण्डारीले उक्त पुस्तक नेताहरूलाई जनतासँग गरेका वाचा पूरा गराउन पनि उपयोगी हुने विश्वास व्यक्त गरिन्।

थाहा खबर बाट साभार