कालिकोट । आज देशका केही प्रदेशहरुमा वर्षाको सम्भावना रहेको छ । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज पहाडी भूभागमा आंशिक बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ।दिउँसो देशका पाँच प्रदेशमा वर्षाको सम्भावना रहेको बताईएको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ।महाशाखाका अनुसार राति कर्णाली प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछभने बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने भएको छ।