पाँच वर्षयता ११ हजार महिला र बालिका बलात्कारको शिकार

 

कालिकोट । पाँच वर्षयताको तथ्यांक हेर्दा करिब ७ हजार ५५३ बालिका बलात्कारको शिकार भएको पाईएको छ ।नेपाल प्रहरीले उपलब्ध गराएको तथ्यांकअनुसार आव २०७५र७६ मा १ हजार ४२० बालिका र ८८२ महिला बलात्कारको शिकार भएका छन्।साथै ०७६र७७ मा १ हजार ३९३ बालिका बलात्कृत हुँदा ७७१ जना महिला पीडित बनेका छन्। ०७७र७८ मा १ हजार ६६५ बालिका र ८८८ महिला पीडित बनेका छन् भने एक बालक पनि बलात्कारको शिकार भएको बताईएको छ । ७८र७९ मा १ हजार ५६० बालिका र ८३५ महिला बलात्कृत भएका छन्। अघिल्लो वर्षमात्र १ हजार ५१५ बालिका बलात्कृत हुँदा ८८२ महिला पीडित बनेका हुन् ।अधिकांश बालिकामाथि ललाइफकाइ वा लोभ देखाएर बलात्कार हुने गरेको प्रहरीले बताएको छ। नेपाल प्रहरीका प्रवक्ता भीमप्रसाद ढकाल बच्चाले सबैसँग सजिलै विश्वास गर्ने हुँदा त्यसैको फाइदा उठाएर अपराधीले बलात्कार गर्ने गरेको बताउँछन्।

 

error: Content is protected !!