कालिकोट । इराकलाई हराउँदै जोर्डन एएफसी एसिया कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।कतारको अल रेयानस्थित खालिफा रंगशालामा भएको तेस्रो प्रि–क्वाटरफाइनलमा इराकलाई ३–२ ले हराउँदै जोर्डन क्वार्टरफाइनलमा पुग्ने तेस्रो टोली बनेको छ ।अल नाइमातले पहिलो हाफको इन्जुरी समयमा गरेको गोलबाट जोर्डनले अग्रता लिएको थियो।दोस्रो हाफमा लगातार २ गोल गर्दै इराकले जोर्डनको अग्रता उल्टाइदियो। इराकका लागि ६८ औँ मिनेटमा नातिक र ७६ औँ मिनेटमा हुसेनले गोल गरेका थिय।निर्धारित ९० मिनेट सकिए पनि इन्जुरी समयमा सम्हालिन नसक्दा लगातार १ मिनेटको अन्तरमा दुई गोल खाँदै अन्नत इराक प्रतियोगिताबाट बाहिरियको हो।