कालिकोट । जिल्लाको महावै गाउँपालिकाले कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगर सुर्खेतमा चियापान कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाबाट बसाई सराई गरेर साथै रोजगारी, अन्य ब्यवसाय लगाएतका कार्यको लागी सुर्खेत पुगेका सम्पुर्ण नागरीकहरु संग भेटघाट गर्ने उदश्येले चियापान कार्यक्रम आयोजना गरीएको गाउँपालिकाका अध्यक्ष खेम बहादुर सिंह (भिजन)ले बताउनु भएको छ ।
चियापान कार्यक्रम होटेल भ्यालीभ्यु सुर्खेतमा आयोजना गरीएको बताईएको छ । चियापान कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दान सिंह सेजुवाल लगाएतको उपस्थिति रहेको थियो । गाउँपालिका सरकारको आयोजनामा भएको भेटघाट तथा चियापान कार्यक्रमले आफुहरुलाई काम कार्यहरु गर्न थप हौसला प्रदान गरेको अध्यक्ष सिंहले जानकारी दिनुभएको छ ।
चियापान कार्यक्रममा सहभागी सम्पुर्णले यसरी गाउँपालिका सरकारले सम्पुर्ण दाजुभाई दिदि वहिनीहरुलाई एकै ठाँउमा भेटघाट गर्ने वातावरण सृजना गरेकोमा खुसी हुनुका साथै धन्यवाद समेत व्यक्त गरेका छन ।