कालिकोट । जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं ३ ताडीमा श्री पंञ्चदेवल साना किसान कृषि सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमवार सहकारी संस्थाका अध्यक्ष केशवराज देवकोटाको सभाअध्यक्षता, वडा नं ३ का दलित महिला सदस्य मुगा दर्जीको प्रमुख आतिथ्यता, सहकारी संस्थाका संस्थापक अध्यक्ष दिप बहादुर शाहीको बिषेश आतिथ्यता, सहकारी संस्थाका पदाधिकारी तथा सेयेर सदस्यहरु, जनप्रतिनिधिहरु, राजनितिदलका प्रमुख तथा प्रतिनिधि, पत्रकार, शिक्षेक, नागरीक समाज लगाएत सम्पुर्णको उपस्थितिका साधारण सभा उद्घाटन भएको संस्थाका प्रवन्धक जनदीस शाहीले बताएका छन ।
साधारण सभामा संस्थाको वार्षिक प्रगती प्रतिवेदन अध्यक्ष देवकोटाले प्रस्तुत गरेका थिए । सहकारी संस्थाले साना किसानहरुको आर्थिक, सामाजिक र सामुदायिक जिवन स्थर माथि उठाउने उदश्येले २०७५ साल चैत्र ४ गते देखी साना किसान अनुसरण कार्यक्रम लागु गरी नगरपालिकाको वडा नं १,२,३, र ४ आफ्नो कारोवारको व्यबस्थापन किसान स्थरमा संञ्चालन गर्दै आईरहेको प्रवन्धक शाहीले जानकारी दिएका छन । वित्तिय लक्ष्य निर्धारण गरी आम्दानी बढाउने सोच विचार गरी खर्च गर्ने, नियमित वचत गर्ने, विपन्न वर्गका मानिषहरुलाई वचत गर्न भविष्यमा आउन सक्ने वित्तिय चुनौतीहरुको सामना गर्न सक्ने ज्ञान, सिप दिई सम्पन्नताको बाटोतिर लाग्न समेत सघाउ पुगाउने उक्त संस्थाका मुख्य उदश्ये रहेका छन ।