कालिकोट । नेकपा (एकीकृत समाजवादी) पार्टीले महाधिवेशन प्रतिनिधि बन्न पार्टी अध्यक्षदेखि नै चुनिएर आउनुपर्ने निर्णय गरेको छ।आज सकिएको केन्द्रीय परिषद्को दोस्रो बैठकले केन्द्रीय अध्यक्षदेखि, केन्द्रीय निकायका सदस्यहरू पनि चुनिएर आउनुपर्ने निर्णय गरेको सम्मानित नेता झलनाथ खनालले जानकारी दिएका छन् ।‘नवौं महाधिवेशनमा हामीले यो व्यवस्था गरेका थिएनौं। त्यहाँबाट विद्रोह गरेर नयाँ केन्द्रीय कमिटी र निकाय बनाएकाले तलैबाट चुनिएर आऊँ भन्ने तलको प्रस्तावलाई निर्णयमा बदलेका छौं,’ खनालले भने।त्यस्तै केन्द्रीय कमिटीमा ४० वर्षमुनिका २० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चित गरिएको एक केन्द्रीय सदस्यले जानकारी दिएका छन् ।‘कार्यकारी कमिटीमा ७० वर्षे उमेरहदको प्रबन्ध गरिएको छैन। तर केन्द्रीय कमिटीमा ४० वर्षमुनिका युवा २० प्रतिशत रहने प्रबन्ध गरिएको बताईएको छ ।