मिटरब्याजले न्यायका लागि काठमाण्डौसम्म पैदलयात्रा गर्ने

कालिकोट – मिटरब्याज पीडितहरुले न्यायका लागि फेरि पनि काठमाण्डौसम्म पैदलयात्रा गर्ने भएका छन् । सोमबार झापाको काँकडभिट्टामा पत्रकार सम्मेलन गरी उनीहरुले पैदलयात्रा गर्न लागेको जानकारी गराएका छन् ।मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदूर संघर्ष समिति, नेपालका अध्यक्ष अवधेश कुशवाहाले भोलि झापा र कञ्चनपुरबाट एकैसाथ पैदलयात्रा गर्ने बताउनुभयो । आफूहरुको समस्या समाधानका लागि गठन भएको आयोगले काम नगरेको र आफूहरुका समस्या सरकारले नसुनेको कारण सरकारलाई सुनाउन फेरि हिँडेर काठमाण्डौको शान्तिवाटिका पुग्न लागेको उहाँले बताउनुभयो ।