पर्वतमा राहदानी लिनेको संख्या दोब्बर ले बढ्यो

कालिकोट । पर्वतमा चालु आर्थिक वर्षको ६ महिनामा जिल्लामा नयाँ नागरिकता निकाल्नेको सङ्ख्याभन्दा राहदानी बनाउनेहरूको सङ्ख्या दोब्बरभन्दा पनि बढी रहेको छ।जिल्ला प्रशासन कार्यालय पर्वतको तथ्याङ्क अनुसार गत साउनदेखि पुस महिनासम्म ६ महिनाको अवधिमा एक हजार छ सय ३३ जनाले नयाँ नागरिकता लिएका छन् भने तीन हजार छ सय ९७ जनाले राहदानी बनाएका छन्।तीन हजार पाँच सय ३३ जनाले जिल्लाबाट प्रशासन कार्यालयबाट राहदानी बुझेका थिए भने एक सय ६४ जनाले द्रुत राहदानी सिफारिसमार्फत काठमाडौँमा नै पुगेर राहदानी लिएका बताईएको छ ।६ महिनाको अवधिमा तीन हजार पाँच सय ९८ जनाले राहदानीको लागि फोटो खिचाएकोमा तीन हजार पाँच सय ३३ जनाको राहदानी आइपुगेको हो। साउन महिनामा तीन सय ७९ जनाले नागरिकता लिँदा सात सय ७८ जनाले राहदानी निकालेका छन्।प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद आचार्यका अनुसार छ महिनाको अवधिमा वैदेशिक रोजगार क्षतिपूर्ति अन्तर्गत एक करोड ४८ लाख ७२ हजार दुई सय ८८ रुपैयाँ वितरण गरिएको छ।

 

error: Content is protected !!