कालिकोट । आज देशका केही प्रदेशमा हिमपातको सम्भावना रहेको छ । देशका पहाडी भूभागमा आंशिक बदली रहेको छभने तराईका अधिकांश स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने भएको छ। बाँकी भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने भएको छ। उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।महाशाखाका अनुसार राति देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने भएको छ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने भएको छ।