कालिकोट । जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं ३ ताडीमा आईतवारबाट खाद्य प्रशोधन तथा उद्यम सिप विकास सम्बन्धि तिन दिने तालिम संचालन भएको छ । खाँडाचक्र नगरपालिका र ईकोहिमालको सहकार्यमा तालिमको आयोजना गरीएको हो ।
नगरपालिकाको वडा नं ३ का कार्यवहाक वडा अध्यक्ष बिज पाण्डेको सभाअध्यक्षता, नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रवलजंग शाहीको प्रमुख आतिथ्यता, रोजगार संयोजक बल बहादुर शाहीको बिशेष आतिथ्यता, प्रशिक्षक अनिता गौतम, कृषि प्राविधिक दमन न्यौपाने, पत्रकार, सरल जनजागरण कृषि सहकारी संस्थाका पदाधिकारी, ईकोहिमालका कर्मचारी तथा प्राबिधिकहरु, साथै नगरपालिकाको सम्पुर्ण वडाका अगुवा कृषकहरु, लगाएतको उपस्थितिमा आज एक औपचारीक कार्यक्रमको आयोजना गरी तालिमको उद्घाटन गरीएको ईकोहिमालका कार्यक्रम संयोजक दिपेन्द्र अर्यालले बताएका छन ।
तालिममा ८ जना महिला र ८ जना पुरुष गरी जम्मा १६ जना कृषकहरुको सहभागीता रहेको छ । तालिमको पहिलो दिन आज मिक्स अचार बनाउने तरीकाका बारेमा प्रशिक्षक गौतमले कृषकहरुलाई प्रयोगात्मक विधिबाट प्रशिक्षण दिएको संयोजक अर्यालले जानकारी दिएका छन । तालिममा प्रशिक्षण संगै कीसानहरुलाई उनिहरुकै हातबाट प्रत्येक्ष रुपमा प्रयोगात्मक विधिबाट पनि सिकाईने गरीएको छ । पहीलो पटक प्रयोगात्मक विधिबाट यसरी सिक्न पाउदा तालिममा सहभागीहरु कृषकहरु पनि अत्यन्तै खुसी भएका छन ।
किसानलाई खाद्य उद्यम संग जोड्ने, कृषकहरुको उत्पादनलाई भण्डार गर्न सिकाउने साथै महिला कृषकहरुलाई लद्यु उद्यन गर्न सिप सिकाउनुको साथै स्वरोजगार बनाउने उदश्येले उक्त तालिम आयोजना गरीएको हो । तालिम आगामी माघ १६ गते सम्म चल्ने छ ।