गण्डकीका जिल्लामा एमालेको अधिवेशन सुरु

 

कालिकोट । गण्डकी प्रदेश अन्तर्गतका जिल्लामा नेकपा एमालेले अधिवेसन सुरु गरेको छ ।आज अध्यक्ष पदमा एक जनाको मात्र उम्मेदवारी दर्ता भएको छ । अन्य पदाधिकारीमा आठ जनाले उम्मेदवारी दर्ता गरेका छन् । पदाधिकारीमा भने सहमति नजुटेको एमालेले जनाएको छ ।एमाले जिल्लामा ५ सदस्यीय पदाधिकारी निर्वाचित हुने व्यवस्था रहेको छ । उपाध्यक्षमा २, सचिवमा २ र उपसचिवमा दुई पदका लागि चार जनाले उम्मेदवारी दर्ता गरेका निर्वाचन समितिले जनाएको छ ।उपाध्यक्षमा प्रदेश कमिटीका निवर्तमान सदस्य प्रमोद श्रेष्ठ र बेनी नगरपालिकाका मेयर सुरत केसीले दावी पेस गरेका छन् थमसरा पुन र रघुगंगा गाउँपालिका कमिटी अध्यक्ष प्रेमबहादुर कार्कीले उम्मेद्वारी दिएका छन् ।उपसचिवमा रामप्रसाद सुवेदी, खड्ग गिरी, बेनी नगर कमिटी अध्यक्ष नारायण जिसी र मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले उम्मेदवारी दर्ता गरेका छन् ।म्याग्दीको दशौं जिल्ला अधिवेसनबाट बालकृष्ण सुवेदी अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।

error: Content is protected !!