मकाउ पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

कालिकोट । मकाउ पठाइदिन्छु भन्दै पैसा ठगेर भागेका एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महाराजगंज बस्ने ५३ वर्षीय पृथ्वीराज सिग्देल रहेका छन्।उनले मकाउमा मासिक १ लाख ८० हजार तलबमा पठाइदिन्छु, प्रतिव्यक्ति ९ लाख रुपैयाँ लाग्छ भन्दै पीडितसँग २ लाख ७० हजार रुपैयाँ लिएर फरार भएको उजुरीपछि उनलाई शुक्रबार दरबारमार्गबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनका प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीले जानकारी दिएका छन्।पक्राउ परेका सिग्देललाई थप अनुसन्धान भैरहेको जनाईएको छ ।