गठबन्धनमा फाटो ल्याउने एमालेको प्रयासलाई तुहाएको माधव नेपालको दावी

 

कालिकोट । सत्तासाझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ गठबन्धनभित्र फाटो ल्याउने एमालेको प्रयासलाई आफूहरुले तुहाएको दावी गरेका छन्।
आफ्नो पार्टीलाई कमजोर बनाउने एमालेको प्रयासलाई आफूहरुले असफल बनाएपछि राष्ट्रियसभा निर्वाचनमा पनि एमाले असफल भएको उनले बताएका छन् ।आजबाट काठमाडौँमा शुरु भएको पार्टीको केन्द्रीय परिषद्को दोस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सत्तारुढ दलहरु एकजुट भएर अघि बढ्दा पनि कोशी प्रदेशमा सत्तारुढ दलकै भोट क्रस भएर एमालेले एक सिट जितेको विषय अहिले सत्तारुढ दलभित्र र बाहिर पनि छलफलको विषय बनेको बताएका हुन्।अध्यक्ष नेपालले मुलुकलाई समृद्धिको दिशामा अघि बढाउने दिशामा आफ्नो पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्नसक्ने दावीसमेत गरेका छन्।