आज देशका चार वटा प्रदेशमा हिमपातको सम्भावना

कालिकोट । आज देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा मुख्यतया सफा रहेको र तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने भएको छ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताईएको छ।राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने भएको छ।

error: Content is protected !!