रुवाण्डामा डुङ्गा दुर्घटना हुदा ११ को मृत्यु

 

कालिकोट । पूर्वी रुवाण्डाको नदीमा डुङ्गा पल्टिँदा ११ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता रहेका छन्।​रुवामागाना जिल्लाको मुगेसेरा नदीमा डुङ्गा दुर्घटना भएको थिया। किसानहरू न्गोमा जिल्लाको रुकुम्बेरी क्षेत्रमा लगाइएको बाली काटेर रवामागाना जिल्ला जाँदै गर्दा डुङ्गा पल्टिएको बताइएको छ।डुङ्गामा ४६ जना यात्रु रहेका थिए। शनिवार बिहानसम्म ११ जनाको शव निकालिएको छ भने ३१ जनाको उद्धार गरिएको जिल्लाका मेयर रदजब म्बोन्युमुवुनीले पत्रकारहरूलाई जानकारी दिएका छन्।अझै चार जनाको खोजीकार्य जारी रहेको बताईएको छ।

error: Content is protected !!