निवारण घोषणा गरिएको डेढ दशक बित्दा देखिन थाले कुष्ठरोगका बिरामी

 

कालिकोट । निवारण घोषणा गरिएको डेढ दशक बित्दा देखिन थाले कुष्ठरोगका बिरामी देखिन थालेको बताईएको छ । नेपालमा कुष्ठरोग पनि जनस्वास्थ्यको एक चुनौतीको रुपमा रहेको छ। नेपाल सरकारले सन् २०१० मै देशबाट कुष्ठरोग निवारण भइसकेको घोषणा गरिएको भए पनि १४ जिल्लामा अझै कुष्ठरोगका बिरामी भेटिएको सरकारकै तथ्यांकले देखाएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाको कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यवस्थापन शाखाका अनुसार अझै पनि देशको १४ वटा जिल्ला लगातार हरेक बर्ष कुष्ठरोगका बिरामी थपिँदै गएका छन्।झापा, मोरङ,सिराह,धनुषा, महोत्तरी, सल्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, बांके र कैलाली जिल्लाहरु रहेका छन।