खाद्य प्रशोधन तथा उद्यम सिप विकास सम्बन्धि तालिम सम्पन्न ।

कालिकोट । बिहिवारबाट जिल्लाको महाबै गाउँपालिका वडा नं ७ मा राम्नीमा सुरु गरीएको खाद्य प्रशोधन तथा उद्यम सिप विकास सम्बन्धि तिन दिने तालिम समापन भएको छ । महाबै गाउँपालिका र ईकोहिमालको सहकार्यमा तालिमको आयोजना गरीएको थियो । गाउँपालिकाकाको वडा नं ७ का वडा अध्यक्ष नन्द किशोर चौलागाईको सभाअध्यक्षता, महाबै गाउँपालिका उद्यम बिकाश शाखा प्रमुख नरेन्द्र बहादुर शाहीको प्रमुख आतिथ्यता, प्रशिक्षक अनिता गौतम, ईकोहिमालका कर्मचारीहरु, साथै गाउँपालिका सम्पुर्ण वडाका अगुवा कृषकहरु, लगाएतको उपस्थितिमा आज एक औपचारीक कार्यक्रमको आयोजना गरी तिन दिने तालिम समापन गरीएको ईकोहिमालका कार्यक्रम संयोजक दिपेन्द्र अर्यालले बताएका छन । किसानलाई खाद्य उद्यम संग जोड्ने, कृषकहरुको उत्पादनलाई भण्डार गर्न सिकाउने साथै महिला कृषकहरुलाई लद्यु उद्यन गर्ने सिप सिकाउने उदश्येले तालिम आयोजना गरीएको संयोजक अर्यालले जानकारी दिएका छन । तालिममा १५ जना महिला र १ जना पुरुष गरी जम्मा १६ जना कृषकहरुको सहभागीता रहेको थियो पहीलो पटक प्रयोगात्मक विधिबाट त्यसरी सिक्न पाउदा तालिममा सहभागीहरु पनि अत्यन्तै खुसी हुनुका साथै तालिम अत्यन्तै प्रभावकारी भएको कृषकहरुको भनाई छ । आफ्नै गाउँपालिकामा पहिलो पटक प्रयोगात्मक विधिबाट सिकाई तालिम आयोजना गरेकोमा इकोहिमाल संस्था र महाबै गाउँपालिकालाई कृषकहरुले धन्यवाद समेत व्यक्त गरेका छन । अन्तमा तालिमको समापन गर्दै प्रशिक्षक लगाएत अतिथिहरुले कृषकहरुले सिकेको सिपको सदुपयोग गरी थप कृषकहरुलाई लाभान्वीत गर्नुका साथै आफ्नो टोल समुदाय रुपान्तरण गर्न जोड दिएका छन ।

error: Content is protected !!