दाङमा घरको छतबाट खस्दा एकजना किशोरीको निधन

कालिकोट । दाङको तुलसीपुरमा घरको छतबाट खसेर एकजना किशोरीको निधन भएको छ । घरको छतबाट खसेर घाइते भएकी किशोरीको उपचारका लागि बाँकेतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको बताईएको छ । निधन हुनेमा तुलसीपुर उपमहानगरपालिका– ५ रानी जरुवाकी १८ वर्षीय कमला केसी रहेकी छन् ।इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक नवचन्द्र मल्लका अनुसार कमला आफ्नै एक तले घरको छतबाट खसेर शक्त घाइते भएकी थिइन ।तुलसीपुरमा उपचार सम्भव नभएपछि उनलाई बाँकेको कोहलपुर मेडिकल कलेजका लागि रिफर गरिएको हो । तर उनको बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया
error: Content is protected !!