कालिकोट । भोलिदेखि धरहरासँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा सवारी साधन पार्किङ खुला हुने भएको छ । काठमाडौँ महानगरपालिकाले न्यूरोडमा कालोपत्रे सडकमा पार्किङ निषेध गरेपछि त्यस क्षेत्रमा पार्किङ सहज बनाउन धरहरासँगैको भवन खुला गर्न लागिएको बताईएको छ ।महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले काठमाडौं टावर (साबिक पुरानो बसपार्क)मा पनि निःशुल्क पार्किङ सेवा रहेको छ ।
गएको दशैंदेखि छठ पर्वसम्मको अवधिमा यस ठाउँमा वडा कार्यालयले साझेदार र स्थानीय क्लबहरुसँगको सहकार्यमा निःशुल्क पार्किङ सेवा दिएको थियो ।