कालिकोट । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध र जनआन्दोलनमा ज्यान गुमाएकालाई राष्ट्रिय सहीद घोषणा गर्ने बताउनु भएको छ ।शहीद प्रतिष्ठान नेपालको १४ औं वार्षिक साधारणसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले छुट भएका ३ हजार जनालाई छिट्टै शहीद घोषणा गरिने कुरा सरकारको प्राथमकितामा रहेको बताउनु भयो ।‘ उहाँले भन्नु भयो, झन्डै ३ हजार छुट भएकाको शहीद घोषणा मन्त्रिपरिषदबाट निर्णय भइसकेको छ । गृह मन्त्रालयबाट प्रमाणीकरण भइसकेको छ । र अब राजपत्रमा प्रकाशित गर्न अगाडि बढिसकेको छ।’उहाँले अझै कोही छुटेका भए त्यसलाई पनि लिस्टिङ गर्ने काम भइरहेको भन्दै प्रचण्डले त्यसलाई पनि राष्ट्रिय शहीद घोषणा गर्ने पनि बताउनु भएको छ ।