चेक गणतन्त्रमा बन्दुकसम्बन्धी विधेयक पारित

 

कालिकोट । चेक संसद्ले शुक्रबार बन्दुक नियन्त्रण उपाय कडा बनाउने एक विधेयक पारित गरेको बताएको छ।राजधानीको ऐतिहासिक केन्द्र प्रागको चार्ल्स विश्वविद्यालयमा एक छात्रले १४ जनाको हत्या गरेर २५ जनालाई घाइते बनाई आत्महत्या गरेको घटनाको एक महिनापछि यो विधेयक पारित भएको छ ।सिनेटले पास गर्न र राष्ट्रपतिले कानूनमा हस्ताक्षर गर्न बाँकी रहेको विधेयकले अहिले पनि चेकहरूलाई बन्दुक खरिद गर्न, राख्न र बोक्न अनुमति दिने भएको छ। विधेयकले प्रहरीलाई सुरक्षा जोखिमका कारण हतियार जफत गर्न पनि अनुमति दिन्छ र बन्दुक मालिकहरूको कडा स्वास्थ्य परीक्षण गराउँदछ।चेक मिडियाका अनुसार विश्वविद्यालयको हत्याअघि बुबा र दुई महिनाको बच्चासहित अन्य तीन जनाको गोली हानेर हत्या गर्ने विश्वविद्यालयका ती बन्दुकधारीसँग आठ हतियार रहेको थियो। २४ वर्षीय ती छात्रले अर्ध–स्वचालित राइफल, गोलाबारुद र साइलेन्सरसहित आफ्ना हतियार किन्नका लागि ऋण लिएका थिए।

 

तपाईको प्रतिक्रिया
error: Content is protected !!