म्याग्दीमा ग्याङफाइट हुदा एक जनाको मृत्यु

 

कालिकोट । म्याग्दी ग्याङफाइट हुँदा एकजनाको मृत्यु भएको छ । म्याग्दीको बेनी ८ पिपलचोक बस्ने २२ वर्षीय शुशिल गर्बुजाको हत्या भएको बताईएको छ ।युवाहरुबिच झगडा हुँदा एक्कासी खुकुरीले छातीमा प्रहार गरेपछि गर्बुजा घाइते भएका थिए र उपचारका लागि बेनी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका म्याग्दीका प्रहरी प्रमुख नायव उपरीक्षक मदन कुँवरले जानकारी दिएका छन् ।गर्वुजाको टाउको र छात्तिमा चोट लागेको थियो । उक्तग्याङफाइटमा थप दुईजना घाइते भएका छन् ।घटनाको बारेमा थप अनुसन्धान भैरहेको बताईएको छ ।