विरुवा उत्पादन तथा बगैचा ब्यवस्थापन सम्बन्धि तिन दिने तालिम समापन ।

कालिकोट  । बुधवारबाट जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं ३ ताडीमा सुरु गरीएको विरुवा उत्पादन तथा बगैचा ब्यवस्थापन सम्बन्धि तिन दिने तालिम समापन भएको छ । खाँडाचक्र नगरपालिका र ईकोहिमालको सहकार्यमा तालिमको आयोजना गरीएको थियो । नगरपालिकाको वडा नं ३ का कार्यवहाक वडा अध्यक्ष दिपेन्द्र प्रसाद पाण्डेको सभाअध्यक्षता, वडा नं ८ का वडा अध्यक्ष तथा कार्यवहाक नगरप्रमुख नन्द बहादुर मल्लको प्रमुख आतिथ्यता, निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रवलजंग शाहीको बिशेष आतिथ्यता, प्रशिक्षक हिरा बहादुर शाही, कृषि प्राविधिक दमन न्यौपाने, पत्रकार, सरल जनजागरण कृषि सहकारी संस्थाका पदाधिकारी, ईकोहिमालका कर्मचारीहरु, साथै अन्य सहकारी संस्थाका पदाधिकारीहरु नगरपालिकाको सम्पुर्ण वडाका अगुवा कृषकहरु, लगायतको उपस्थितिमा आज एक औपचारीक कार्यक्रमको आयोजना गरी तिन दिने तालिम समापन गरीएको ईकोहिमालका कार्यक्रम संयोजक दिपेन्द्र अर्यालले बताएका छन ।

तिन दिने तालिममा नर्सरीको लागी ठाँउ छनोट, नर्सरी निर्माण गर्ने तरीका, बिउ उपचार, विरुवा प्रसारण, विरुवा कटीङ्ग रोप्ने विधि, विरुवा कटीङ्ग गर्ने विधि, कलमीका प्रकारहरु, बोडो मिक्चर, बोडो पेस्टका बारेमा कृषकहरुलाई प्रशिक्षण दिएको संयोजक अर्यालले जानकारी दिएका छन । तालिममा प्रशिक्षण संगै कीसानहरुलाई फिल्डमै गएर प्रयोगात्मक विधिबाट पनि सिकाईने गरीएको थियो ।तालिममा सहभागी कृषकहरुलाई विरुवा कटीङ्ग तथा कलमी गर्न आवश्यक पर्ने सम्पुर्ण कृषि औजार पनि ईकोहिमाल संस्थाले नै बितरण  बितरण गरेको थियो ।

पहीलो पटक प्रयोगात्मक विधिबाट त्यसरी सिक्न पाउदा तालिममा सहभागी हरु पनि अत्यन्तै खुसी हुनुका साथै तालिम अत्यन्तै प्रभावकारी भएको  भनाई छ । जिल्लाका पहिलो पटक प्रयोगात्मक विधिबाट सिकाई तालिम आयोजना गरेकोमा इकोहिमाल संस्था र खाँडाचक्र नगरपालिकालाई कृषकहरुले धन्यवाद समेत व्यक्त गरेका छन । अन्त्यमा तालिमको समापन गर्दै प्रशिक्षक लगायत अतिथिहरुले कृषकहरुले सिकेको सिपको सदुपयोग गरी थप कृषकहरुलाई लाभान्वीत गर्नुका साथै आफ्नो टोल समुदाय हरीयाली बनाई रुपान्तरण गर्न जोड दिएका छन ।

error: Content is protected !!