बाँकेमा घुससहित सहायक वन अधिकृत पार्दे पक्राउ

कालिकोट । बाँकेको सव(डिभिजन वन कार्यालमा कार्यरत सहायक वन अधिकृत नारायण पार्दे घुससहित पक्राउ परेका छन्।हिजो अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले सहायक वन अधिकृत नारायण पार्देलाई सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा पक्राउ गरेको बताईएको छ।उनले काठ चिरानका लागि सिफारिस गरिदिने भनेर सेवाग्राहीसँग ७ हजार रूपैयाँ घुस लिएका थिए र ७ हजार र उनीसँग रहेको स्रोत नखुलेको थप ४५ हजार ९७५ गरी कुल ५२ हजार ९७५ रूपैयाँसहित पार्देलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएक जनाएको छ ।त्यसबारेमा थप अनुसन्धान भइरहेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनाएको छ ।

error: Content is protected !!