सुत्केरीको मृत्युपछि शव अस्पतालमा राखेर आफन्तको प्रदर्शन

कालिकोट । सिरहाको मिर्चैया सहकारी अस्पतालमा चिकित्सकको लापरबाहीले सुत्केरी महिलाको मृत्यु भएको पीडित परिवारले आरोप लगाएका छन्।मिर्चैया नगरपालिका–५ की २६ वर्षीया अल्का साहले अस्पतालको लापरबाहीले गर्दा ज्यान गुमाएको आफन्तको भनाइ रहेको छ।परिवारजनले ब्यथा लागेर बुधबार साँझ उनलाई अस्पताल लगेका थिए। अस्पताल लगिएपछि बिहीबार बिहान ५ः४५ बजे सुत्केरी पनि भयो। अल्काले छोराको जन्म दिएकी छिन्।तर, अल्काको स्वस्थ्य अवस्था भने बिग्रदै गयो। अत्यधिक रक्तस्राव सुरु भएपछि चिकित्सकलाई जानकारी गराउँदा पनि वास्ता नगरेको मृतकका पति इन्द्रजित साहको भनाई छ।अन्तिम अवस्थामा भएपछि बिहान पौने ९ बजेतिर मात्रै रिफर गरेको र बिराटनगर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको अल्काका श्रीमान्‌ले जानकारी दिएका छन्।चिकित्सकको लापरबाहीले ज्यान गएको भन्दै शव अस्पतालको गेट बाहिर राखेर आफन्तजन आन्दोलित बनेका छन्।