बाँकेमा बस र ट्रक एक आपसमा ठोक्कीदा एकको मृत्यु

 

कालिकोट । बाँकेको कोहलपुर नगरपालिका–१४ पर्वतिपुरमा बस र ट्रक एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । नेपालगञ्जबाट जाजरकोट जाँदै गरेको भे १ ख ४०३३ नम्बरको मिनीबस र न ५ ख ८५६६ नम्बरको ट्रक पर्वतिपुरस्थित आपसमा ठोक्किएका थियो ।दुर्घटनामा परी ट्रकका मालिक रुपन्देही देवदह नगरपालिका–६ खैरेनी बस्ने रामकृष्ण गोतामेको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।उक्त दुर्घटनामा परि दुई जना घाईते भएका छन् । घाईते हुनेमा मिनीबसमा सवार रुकुमपश्चिम सानोभेरी गाउँपालिका–३ चौकी बस्ने लोकेन्द्र विक र उहाँकी श्रीमती रमकला विक रहेका छन् ।

error: Content is protected !!