कालिकोट । आज देशका तीन वटा प्रदेशमा वर्षाको सम्भावना रहेको छ । देशका पहाडी भूभागमा अहिले आंशिक बदली रहेको छ भने बाँकी भागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने भएको छ। बाँकी भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने भएको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भागका एकदुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताईएको छ ।