कालिकोट । आईसीसी अण्डर नाईन्टिन विश्वकप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपालले आज अफगानिस्तानसँग खेल्ने भएको छ।समूह चरणबाट सुपर सिक्समा पुग्न निर्णायक खेलमा दुवै टोली जितको खोजीमा रहेका छन्। खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे हुने बताईएको छ ।समुह डी को पहिलो खेलमा न्युजिल्याण्डसँग नेपाल ६४ रन र दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटले हारेपछि सुपर सिक्समा पुग्न नेपाललाई अन्तिम खेलमा जित्नै पर्ने दबाबमा रहेको छ।यो समूहमा नेपालसँगै अफगानिस्तानले पनि आफ्नो दुवै खेल हारेको छभने अन्तिम खेल उसका लागि पनि निर्णायक रहेको छ।