म्याग्दीमा एक युवकको हत्या

 

कालिकोट । म्याग्दी सदरमुकाम बेनी बजारमा बिहीबार साँझ धारिलो हतियार प्रहार गरी एक युवकको हत्या गरिएको छ।बेनी नगरपालिका–८ पिपलचोक बस्ने रघुगङ्गा गाँउपालिका–१ बेगका २२ वर्षीय सुशील गर्बुजाको हत्या भएको बताईएको छ ।जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँवरका अनुसार बेनीको न्यूरोडमा युवाको समूहले उनलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएका थिए। गर्बुजाको टाउको र छातीमा चोट लागेको थियो। उपचारका लागि बेनी अस्पतालमा लग्दा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।प्रहरीका अनुसार थप दुई घाइतेको उपचार बेनी अस्पतालमा उपचार भइरहेको छ भने घटना बारे थप अनुसन्धान भैरहेको जनाईएको छ ।

error: Content is protected !!