कालिकोट । बलात्कार मुद्दाका फरार व्यक्तिलाई इन्टपोलको सहयोगमा कतारबाट पक्राउ गरी नेपाल ल्याइएको छ।सुनसरी बराहक्षेत्र नगरपालिका ११ मधुवनका २५ वर्षाय सेहमान खाँलाई एनसिबी दोहाको समन्वयमा कतारमा पक्राउ गरी विहिवार नेपाल फिर्ता ल्याइएको प्रहरीका केन्द्रीय प्रवक्ता, डिआइजी भीमप्रसाद ढकालले जानकारी दिएका छन् ।जबरजस्ती करणी मुद्दामा फरार रहेका खाँलाई पक्राउ गर्न इन्टरपोलबाट रेड नोटिस जारी भएको थियो। यो सँगै यस वर्ष इन्टरपोलबाट रेड नोटिस जारी भइ पक्राउ पर्ने अभियुक्तको संख्या १० जना पुगेको छ।