माघ लागेसँगै मनाङको तापक्रम घटेर माइनस २२ डिग्री पुग्यो

कालिकोट । माघ लागेसँगै हिमाली जिल्ला मनाङको तापक्रम घटेर माइनस २२ डिग्री पुगेको छ। मनाङमा दैनिकरूपमा तापक्रम घट्दै गएको छ।दिउँसोको समयमा नै यहाँको तापक्रम माइनस १२ पुग्दछ भने हिमपात कम भए पनि चिसो अत्यधिक बढेको पाईन्छ।प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले मनाङको माथिल्लो क्षेत्रका बासिन्दा अहिले चिसो छल्न बाहिर गएको बताएका छन्। अहिले सुरक्षा निकाय र स्वास्थ्य क्षेत्रबाहेक अन्य सेवा प्रवाहमा समेत सकस भएको उनले बताएका हुन्।पहिलो हिमपात हुनासाथ यहाँका शैक्षिक संस्था बन्द भएका छन्। शैक्षिक संस्था बन्द भएपछि यहाँका अधिकांश स्थानीय जाडो छल्न जिल्ला बाहिर गएका छन्।

 

error: Content is protected !!