म्याग्दीमा हिमपात

कालिकोट । म्याग्दीको हिमाली जिल्लाका माथिल्लो क्षेत्रमा बुधबार साँझदेखि हिमपात भएको छ।म्याग्दीका बेनी नगरपालिका, मंगला, मालिका, धौलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका र माथिल्लो क्षेत्रमा हिमपात भएको बताईएको छ ।गुर्जा, मल्कबाङ, कुइनेमंगले, लुलाङ, चिमखोला, ठाडाखानी, कुइनेखानी, नाँगी, शिख लगायतका बस्तीमा हिमपात भएको छ । जिल्लाको मुख्य पर्यटकीय स्थल पुनहिल, घोडेपानी, खोप्रा, खयरलेक, मोहरेडाँडा, टोड्के, गाम्फाधुरीर भेडिओढार लगायत ठाउँमा समेत हिमपात भएको स्थानीयवासीले बताएका छन्।वर्षासँगै हिमपात भए पछि चिसो निकै बढे पनि हिउँदेबाली सप्रिने भएकाले कृषक खुशी भएका छन्। केही लामो समयसम्म वर्षा र हिमपात नहुँदा हिउँदेबाली र तरकारी खेती सुक्न थालेको थियो।

error: Content is protected !!