९० वर्षअघि हैजाले जन्माएको टेकु अस्पताल, विशिष्टिकृत सेवासहित आफैँ जनशक्ति उत्पादन गर्ने लक्ष्य

१९९० सालमा भूकम्प गएपछिको कुरा हो। त्यसयताका काठमाडौं उपत्यकासहित देशभर हैजा कोलेरा ले मुलुक आक्रान्त थियो।बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म सबै हैजाको सिकार बन्न बाध्य भए। १ सय जना हैजाका विरामी आउँदा ५० जनाको ज्यान जान्थ्यो। त्यतिखेर दैनिक ५० जनासम्मलाई बागमतीमा जलाइन्थ्यो।त्यही हैजाको माहामारीको समयमा हैजाको विरामीलाई उपचार गर्न भन्दै कलेरा उपचारको रुपमा हालको टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको स्थापना भएको हो, जुन तथ्य टेकु अस्पतालको विवरणमा देख्न सकिन्छ।त्यसैले टेकु अस्पतालाई वि।सं। १९९० सालको भूकम्पपछि फैलिएको हैजाले जन्माएको अस्पताल पनि भन्ने गरिन्छ। यही अस्पतालले माघ १० गते आफ्नो ९० औँ स्थापना दिवस मनाएको छ।स्थापनाको ९ दशक पार गरेको अस्पतालले यस बिचमा देशमा देखिएका पटक पटकको महामारीसँग लड्दै विभिन्न प्रकारका सरुवा रोगको उपचार समेत गर्दै आएको छ।अस्पतालमा उपलब्ध भएको विवरण अनुसार हैजाले मानिस मर्न थालेपछि हैजा रोक्न १९९० सालमा डाइरेक्टर अफ मेडिकल सर्भिसेज अन्तर्गत रोप–वे टर्मिनल ९जहाँ हाल साल्ट ट्रेडिङको भवन रहेको छ० रहेको टेकुस्थित पाटीमा ‘कलेरा अस्पताल’ स्थापना भएको हो।प्रारम्भिक चरणमा अस्पताल भवन हालको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाको भवनमा थियो। तत्कालीन समयमा प्रधानमन्त्री जुद्धशमशेर जंगबहादुर राणा थिए।२००७ सालमा भने रोप–वे टर्मिनलको प्राङ्गणबाट टेकु अस्पताल अहिलेको प्राङ्गणमा सरेको हो तर त्यस अघि सम्म टेकु अस्पताल वीर अस्पतालको शाखाको रुपमा सेवा दिँदै आएको थियो।२०३४ सालमा टेकु अस्पताल स्वायत्त भएको हो। २०३४ सालदेखि वीर अस्पतालको शाखा नभएर देशकै केन्द्रीय सरुवा रोग अस्पतालको रूपमा अस्पतालले आफ्नो सेवा दिँदै आएको छ।

थाहा खबर बाट साभार