विरुवा उत्पादन तथा बगैचा ब्यवस्थापन सम्बन्धि कृषकहरुलाई तालिम संचालन ।

कालिकोट । जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं ३ ताडीमा विरुवा  उत्पादन तथा बगैचा ब्यवस्थापन सम्बन्धि तिन दिने तालिम बुधवारबाट संचालन भएको छ । खाँडाचक्र नगरपालिका र ईकोहिमालको सहकार्यमा तालिमको आयोजना गरीएको हो । नगरपालिकाको वडा नं ३ का कार्यवहाक वडा अध्यक्ष दिपेन्द्र प्रसाद पाण्डेको सभाअध्यक्षता, वडा नं ८ का वडा अध्यक्ष तथा कार्यवहाक नगरप्रमुख नन्द बहादुर मल्लको प्रमुख आतिथ्यता, निमित्त प्रमुख प्रशासकीय अधिकृत बलीराज शाहीको विशेष आतिथ्यता, प्रशिक्षक हिरा बहादुर शाही, पत्रकार, सरल जनजागरण कृषि सहकारी संस्थाका पदाधिकारी साथै अन्य सहकारी संस्थाका पदाधिकारीहरु सम्पुर्ण कृषकहरु, ईकोहिमालका कर्मचारीहरु लगायतको उपस्थितिमा आज एक औपचारीक कार्यक्रमको आयोजना गरी तालिम उद्घाटन गरीएको ईकोहिमालका कार्यक्रम संयोजक दिपेन्द्र अर्यालले बताएका छन ।

 

तालिमको पहिलो दिन आज नर्सरीको लागी ठाँउ छनोट, नर्सरी निर्माण गर्ने तरीका र बिउ उपचारका बारेमा कृषकहरुलाई प्रशिक्षण दिएको संयोजक अर्यालले जानकारी दिएका छन । तालिममा प्रशिक्षण संगै कीसानहरुलाई फिल्डमै गएर प्रयोगात्मक विधिबाट पनि सिकाईने गरीएको छ ।

पहीलो पटक प्रयोगात्मक विधिबाट यसरी सिक्न पाउँदा तालिममा सहभागी कृषकहरु पनि अत्यन्तै खुसी भएका छन । उक्त तालिम माघ १२ गते सम्म चल्ने भएको छ ।