ललितपुरमा नापी सर्वेक्षक सहित तीनजना पक्राउ

 

कालिकोट । ललितपुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरका नापी सर्वेक्षक रामवीर यादवसहित तीनजनालाई पक्राउ गरेको छ।आयोगको टंगाल कार्यालयबाट खटिएको टोलीले मंगलबार नापी कार्यालय ललितपुरका नापी सर्वेक्षक रामवीर यादव, लेखापढी व्यवसायी दिनेश बन्जारा र विनोद अधिकारीलाई २ लाख ५० हजार घुससहित पक्राउगरिएको जनाईएको छ आयोगका अनुसार कित्ताकाट गर्न सहजीकरण गरेको भन्दै घुस मागिरहेको सूचनाका आधारमा उनीहरूलाई नापी कार्यालय परिसरबाटै नियन्त्रणमा लिइएको हो भने अहीले तीनै जनामाथि आवश्यक अनुसन्धान भइरहेको बताईएको छ ।

 

तपाईको प्रतिक्रिया
error: Content is protected !!