आज तीन वटा प्रदेशमा हिमपातको सम्भावना

 

कालिकोट । आज देशका तीन वटा प्रदेशमा हिमपातको सम्भावना रहेको छ । देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने तराईका भूभागमा हुस्सु र कुहिरो लागेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने भएको छ।कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा तथा देशका बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताईएको छ।राति पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने भएको छ।

तपाईको प्रतिक्रिया
error: Content is protected !!