सशस्त्र प्रहरीद्वारा स्रोत नखुलेको २४ लाख बरामद

 

कालिकोट। रौतहटस्थित सशस्त्र प्रहरीले स्रोत नखुलेको २४ लाख रुपैयाँ भन्दा बढी रकम बरामद गरेको छ। सशस्त्र प्रहरीको टोलीले यस आर्थिक वर्षको ६ महिनामा नेपाली र भारु सहित २४ लाख भन्दा बढी रकम बरामद गरेको जनाएको छ ।गत असार २२ गते देखि माघ ५ गतेसम्म नेपाली १५ लाख,७६ हजार ८७५ रुपैयाँ र भारु ५ लाख २२ हजार स्रोत नखुलेको रुपैयाँ बरामद गरेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी माधव रेग्मीले बताएका छन्।