छ महिना भित्र ७१ करोड बढीको कृषि वस्तु आयात

 

कालिकोट । कर्णाली प्रदेशमा छ महिना भित्र ७१ करोड बढीको कृषि वस्तु आयात भएको पाइएको छ । कर्णाली प्रदेशबाट करिब रु .११ करोडको कृषि वस्तु निर्यात हुँदा रु .७१ करोडभन्दा धेरैको आयात हुने गरेको पाइएको बताईएको छ ।कर्णाली प्रदेश कृषि विकास निर्देशनालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८०र८१ को साउनदेखि पुस मसान्तसम्म रु १० करोड ८१ लाख ५७ हजारको कृषि वस्तु निर्यात हुँदा रु ७१ करोड ७५ लाख ३० हजारको कृषि वस्तु आयात भएको हो । आयात हुने बस्तुमा सबैभन्दा धेरै तरकारी रहेको छ । चालु वर्षको छ महिनामा मात्रै कर्णालीमा रु २१ करोड ४९ लाख ५६ हजारको तरकारी आयात हुँदा रु ९४ लाख ५० हजारको मात्रै तरकारी निर्यात भएको बताईएको छ ।दैलेख, जाजरकोट, मुगु, सल्यान, कालीकोट र सुर्खेतबाट तरकारी बाहिर निकासी हुने गरेको छ । प्रदेशमा रु तीन करोड १३ लाख १० हजारको खाद्यान्न वस्तु आयात हुँदा . रु ४४ लाख १६ हजारको निर्यात हुने गरेको छ ।

 

error: Content is protected !!