देशभर चिसो बढेसँगै सतर्कता अपनाउन आग्रह

कालिकोट । देशभर चिसो बढेसँगै आवश्यक सतर्कता अपनाउन विभागले सबैमा आग्रह गरेको छ । आग्रह देशभरको तापक्रम घट्दै गएको छ। यो क्रम अझै केहि दिन जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।आज पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने विभागको भनाइ छ। उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।आज कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको अनुमान रहेको छ। तराईका अधिकांश स्थानमा आज पनि हुस्सु लागेको छ।कतिपय स्थानमा शीतलहर समेत चल्ने विभागले जनाएको छ। चिसो बढ्दै गएपछि दैनिक जनजीवन तथा स्वास्थ्य प्रभावित हुने भएकाले आवश्यक उपाय अपनाउन विभागले आग्रह गरेको छ।