सहकारीको कुनै रकम नलिएको सभापति लामिछानेको भनाई

कालिकोट । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले ग्यालेक्सी टेलिभिजनको जागिर छाड्दा कुनै किसिमको सहकारीको पैसा नलिएको बताएका छन्। आज पार्टी कार्यालयमा पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।सञ्चार माध्याममा आएजस्तो आफ्नो खातामा १ करोड ८० लाख जम्मा भएको कुरा झुटो भएको समेत उनले दाबी समेत गरेका छन्। उनले भने ,मेरो खातामा पैसा आएको छैन कसैले केही समयका लागि खातामा पैसा हालिदियो स्लिपसँग मेरो कुनै लेनादेना छैन।ग्यालेक्सी टेलिभिजनको जागिर छाडेर निस्किँदा १५ प्रतिशत शेयरको नाममा उनले १ करोड ८० लाख आफ्नो निजी खातामा सारेको विषय बाहिरिएको थियो।

 

error: Content is protected !!