कालिकोट । जिल्लामा स्वास्थ्य सम्बन्धी डाटा ईन्ट्री गर्न स्वास्थ्यकर्मीहरुको लागी तिन दिने तालिम सोमबारवाट संचालन गरीएको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालय कालिकोटको आयोजनामा स्वास्थ्य संस्थाहरुमा डाटा ईन्ट्री गर्ने स्वास्थ्यकर्मीहरुलाई परिमार्जितHIMS, DHIS-2,LMIS अभिलेखन,प्रतिबेदन तथा मासिक अनुगमन पुस्तिका र IMU समेतको तिन दिने तालिम संचालन गरीएको जनस्वास्थ्य अधिकृत कटक महतले बताउनु भयो ।
तालिममा निमित्त स्वास्थ्य सेवा ब्यबस्थापक डा.संकेत बिश्वकर्मा लगाएत कणार्ली पारीका पाँच वटै पालिकाका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्य स्वास्थ्यकर्मीहरुको सहभागीता रहेको थियो । एकीकृत स्वास्थ्य सुचना ब्यबस्थापन प्रणाली परिमार्जीत सम्बन्धी ज्ञान प्रदान गर्ने, तथ्याङ्कको विश्लेषण गर्ने सीप बिकास गराउने उद्श्येले तालिम संचालन गरीएको जनस्वास्थ्य अधिकृत महतले जानकारी दिनु भएको छ । तालिमको सहजिकरण तथ्याङ्क अधिकृत लंक बहादुर बम, अनिल यादव, रविन्द्र सेजुवाल लगाएतले गर्नु भएको थियो ।