अफगानिस्तानमा विमान दुर्घटना, ४ जनाको जीवितै उद्धार

 

कालिकोट । अफगानिस्तानमा विमान दुर्घटना भएको छ । दुर्घटना भएको एयर एम्बुलेन्समा सवार ६ जनामध्ये चार जनाको जीवितै उद्धार गरिएको छ भने अन्य दुई जनाको अवस्था थाहा नभएको बताईएको छ ।डेसल्ट फाल्कन (डिएफ) १०० विमान अफगानिस्तानको बदाक्षन प्रान्तको कुफ(अब जिल्लामा दुर्घटना भएको थियो । एयर एम्बुलेन्सको रुपमा प्रयोग गरिएको उक्त विमान थाइल्याण्डबाट मस्को जाँदै गरेको थियो । इन्धन भर्नका लागि भारतको गया विमानस्थलमा रोकिएर उडेको उक्त विमान शनिबार राति ७ बजेतिर अफगानिस्तानको आकाशमा पुगेर राडारबाट सम्पर्क विच्छेद भएको थियो ।त्यसपछि खोजी गर्दै जाँदा उक्त विमान अफगानिस्तानमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । उक्त विमानमा चार जना यात्रु र दुई जना क्रु(मेम्बरसहित कूल ६ जना रहेका थिए ।अफगानिस्तानको नागरिक उड्डयन तथा यातायात मन्त्रालयले सामाजिक सन्जाल एक्समा दुर्घटनास्थलको भिडियो पोष्ट गरेर पाइलटसहित चार जनालाई जीवितै उद्धार गरिएको जनाएको हो ।