फिलिपिन्समा बाढी र पहिरोमा परि १५ जनाको मृत्यु

 

कालिकोट । फिलिपिन्सको दक्षिणी भागमा पर्ने डाभाओ क्षेत्रमा गएको पहिरो र भीषण बाढीका कारण १५ जनाको मृत्यु भएको छ ।राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का अनुसार डाभाओ डे ओरो प्रान्तमा १३ जना र डाभाओ शहरमा दुई जनाको मृत्यु भएको छ।सो प्राकृतिक प्रकोपमा कम्तीमा पाँच जना घाइते भएको जनाइएको छ।एजेन्सीले मिन्डानाओ टापुको डाभाओ क्षेत्रका पाँच प्रान्तमा ठूलो वर्षाका कारण बाढी र पहिरोबाट ८३ हजार परिवारका ३ लाख ४९ हजारभन्दा बढी मानिसहरू प्रभावित भएको पनि जनाएको छ।

 

तपाईको प्रतिक्रिया
error: Content is protected !!