दाङमा बस दुर्घटना हुदा दुई जनाको मृत्यु

 

कालिकोट । बर्दियाबाट काठमाडौं जाँदै गरेको नाइट बस दाङमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।।दाङको लमही नगरपालिका(९ स्थित रिहार प्रहरी चौकीबाट ४ किलोमिटर पश्चिमको जंगल क्षेत्रमा प्रदेश ३( ०१००५ ख ९७१९ नम्बरको रात्री बस हिजो राति ११ बजे दुर्घटना भएको दाङका प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लले जानकारी दिएका छन् ।दुर्घटनमा परी बर्दियाको गेरुवा गाउँपालिकाका – १ का ३६ बर्षीय भिमनाथ योगी र ठेगाना नखुलेका युवराज चौधरीको घटनास्थलमै मृत्यु भएको र बसका चालक घाईते भएको डिएसपी मल्लले बताएका हुन् ।डिएसपी मल्लका अनुसार सडकको भित्तामा बस ठोक्किदा दुई जनाको च्यापिएर घटनास्थलमै मृत्यु भएको बताईएको छ ।चालक निदाएका कारण बस दुर्घटना भएको प्रहरीको प्रारम्भीक अनुमान रहेको छ।बसमा सवार अन्य यात्रु निदाएको तथा सबै सकुशल रहेको प्रहरीले बताएको छ। मृतक दुबै जनाको पोष्टमर्टमका लागि दाङको लमही अस्पतालमा राखिएको छ।

error: Content is protected !!