महावै गाउँपालिकामा कृषि उद्यमिहरुका लागि सीप बिकास तालिम संचालन

कालिकोट । जिल्लाको महावै गाउँपालिकामा गरिबी निवारणका लागि लघु–उद्यम बिकास कार्यक्रम मार्फत कृषि उद्यमिहरुका लागि सीप बिकास तालिम संचालन भएको छ । “सीप सिकौं उद्यमि बन्यौ“ भन्ने मुलनाराका साथ महावै गाउँपालिकाको आयोजनामा कृषि उद्यमिहरुका लागि प्राबिधिक सीप बिकास तालिम संचालन गरिएको गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले बताउनु भएको छ । गाउँपालिकाका नागरिकहरुलाई कृषीमा आवद्ध गराई आत्म निर्भर बनाउने उदेश्यले तालिमको आयोजना गरिएकोअध्यक्ष सिंहले बताउनु भयो  । तालिममा गाउँपालिकाका सम्पुर्ण कृषक समुहहरुको सहभागिता रहेको थियो ।