सरकारले भाषा संग्रहालय स्थापना गर्ने

कालिकोट । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सरकारले अब भाषा संग्रहालय स्थापना गर्ने बताएका छन्।आज मन्त्रालयमा श्री पशुपति हिन्दु विश्वविद्यालय स्थापना तयारी समितिले बुझाएको प्रतिवेदन ग्रहण गर्दै उनले यस्तो बताएका हुन्। उनले भाषा संग्रहालयका लागि सोमवार नै भाषा संग्रहालय अध्ययन समिति बनाउने घोषणा गरेका छन् । उनले पशुपति क्षेत्र विकास कोषको गोठाटारको जग्गामा हिन्दु विश्वविद्यालय बनाएरै छोड्ने प्रतिबद्धता पनि जनाएका छन् । उनले हिन्दु विश्वविद्यालय नेपाललाई आवश्यक रहेको बताएका छन् ।