भ्रष्टाचार मुद्दामा दोषी ठहर प्रधानाध्यापकलाई तीन वर्ष कैद

कालिकोट । विशेष अदालतले गोरखाको नेपाने माविका प्रधानाध्यापक शिवकुमार साहलाई तीन वर्ष कैद सजाय तोकेको छ । एकै दिन चारवटा भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका प्रधानाध्यापक साहलाई विशेष अदालतले आज कसुर निर्धारण गरेको हो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु रामबहादुर थापा र मुरारिबाबु श्रेष्ठको इजलासले उनलाई १३ लाख ३२ हजार रुपैंया विगो कायम राख्दै त्यति नै थप रकम जरिवाना गर्ने फैसला गरेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए । चौथो मुद्दामा साढे २ वर्षदेखि ४ वर्षसम्म कैद हुनसक्ने भएकाले विगो र कसुर निर्धारणका आज सुनुवाइको मिति तोकिएको थियो । विशेष अदालतले २४ पुसमा उनलाई दुई फरक मुद्दामा एक वर्ष ६ महिना कैद निर्धारण गरेको थियो । तेस्रो मुद्दामा ६ महिना कैद फैसला गरेको थियो । विद्यालयका लागि निकासा भएको रकम हिनामिनाका चार फरक मुद्दामा उनलाई दोषी ठहर गरेको हो । तीन मुद्दामा उनलाई करिव १६ लाख विगो र त्यति नै जरिवानाको फैसला भएको थियो ।

error: Content is protected !!