पर्सामा मोटरसाइकल दुर्घटना हुदा दुई जनाको मृत्यु

कालिकोट । पर्सामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका–१५ आयुर्वेदिक चोकमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी कुमारविक्रम थापाले जानकारी दिए। आज बिहान करिब साढे ७ बजे प्रदेश २ –०३–०२१–प ५४३२ नम्बरको मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । दुर्घटनामा धनुषा सबेला नगरपालिका–५ का अन्दाजी २३ वर्षीय सुमित यादव र बारा सुवर्णपुर गाउँपालिकाका सन्दीपकुमार यादवको मृत्यु भएको हो । उनीहरूलाई उपचारको लागि नारायणी अस्पताल वीरगन्जमा पठाइएको थियो । त्यहाँ चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए । प्रहरीका अनुसार उनीहरू दुबै जना विद्यार्थीहरू हुन् । उनीहरू एनएमसी कलेज वीरगञ्जमा मेडिकल अध्ययनरत थिए । तीव्र गतिका कारण अनियन्त्रित भएर दुर्घटना भएको देखिन्छ,’ डिएसपी थापाले भने ।

तपाईको प्रतिक्रिया
error: Content is protected !!